+
+

काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १९:४८

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् ।

गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘पहिल्यै सरुवा भएको थियो तर गृह र बालुवाटारको कुरा नमिलेपछि रोकिएको थियो । अहिले कांग्रेस महाधिवेशन सकिएसँगै सरुवा कार्यान्वयन भएको हो ।’

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीले पाएका छन् । विमानस्थलमा कार्यरत एसएसपी राजेशनाथ बाँस्तोला एक महिनाका लागि विदामा गएपछि उनको ठाउँमा मैनालीलाई खटाइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘बाँस्तोला एसएसपी सा’ब एक महिना विदा लिएर पारिवारिक काममा बाहिर जानुहुने भएकाले उहाँलाई खटाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?