+

साफ यू-१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त

२०७८ पुष  ४ गते ९:२३ २०७८ पुष ४ गते ९:२३
साफ यू-१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त

४ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ । भारत भने दुई जित र १ हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्नेछ ।

साफ यू-१९ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय