५ पुस, काठमाडौं । ओखलढुंगाका प्रदीपकुमार सुनुवार नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
१४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यको सोमबार सकिएको मतगणनामा सुनुवार २१७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।
केन्द्रीय सदस्यमा निर्वाचित सुनुवार संस्थापननिकट हुन् । उनी दुई कार्यकाल कांग्रेसको ओखलढुंगा जिल्ला सभापति भइसकेका छन् । अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा ५ जना उम्मेदवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4