५ पुस, काठमाडौं । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।
कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी रक्षा मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने उल्लेख गरेको छ ।
हेर्नुस् राष्ट्रपति कार्यालयले जरी गरेको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4