+
+

प्रतिनिधि सभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ९:१४

६ पुस, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन् । उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटन सत्रलाई सोमबार घोराहीमा सम्बोधन गर्दै उनले भने, ‘जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।’

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर जनताकाबीच जाने आँट गरेको तर अहिलेको सत्ता गठबन्धनका नेताहरुले त्यस्तो आँट गर्न नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?