६ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत थप १० जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
मंगलबार गरिएको मतगणना अनुसार थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् । रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् । त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी २५२४ र जीवन राना २३४९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल २६६९, र यज्ञराज जोशी २०४४ मतका साथ विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिला केन्द्रीय सदस्यमाा सुशीला मिश्र भट्ट २४२२ मतका साथ विजयी भएकी छन् ।
कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजीवबिक्रम शाह २८२० र कर्णबहादुर बुढा २२०० मतका साथ निर्वाचित भएका छन् । पूर्वमन्त्री हृदयराम थानी २१९९ मत ल्याएर एक मतान्तरले पराजित भए ।
कर्णाली प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा जानकी सिंह २६२४ मतका साथ विजयी भएकी निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया 4