+
+

एमालेको अवरोधकै बीच चार अध्‍यादेश संसद्‌बाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:३५

७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच बुधबार प्रतिनिधिसभाबाट चार वटा अध्‍यादेश स्वीकृत भएको छ ।

प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

यसअघि मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख सापकोटाले संसदको कारबाही अघ बढाए । अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए । तर उनको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।

अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभा पुस १८ गतेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?