११ पुस, काठमाडौं । पूर्वसांसद सुवास कर्मचार्यले नेकपा एमाले परित्याग गरेका छन् । कर्मचार्यले एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त गरेको घोषणा गरेका हुन् ।
२०५६ को आम निर्वाचनमा सांसद निर्वाचित कर्मचार्यले ८ वर्षसम्म (२०५६–०६४) सिन्धुपाल्चोकमा एमालेको नेतृत्व गरेका थिए । माधवकुमार नेपाल निकट उनी पार्टी विभाजनका बेला एमालेमै रहे । एमालेको दशौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका आकांक्षी थिए ।
तर केन्द्रीय कमिटीमा नपरेपछि उनी १० पुसमा बसेको जिल्ला कमिटीको बैठकमा समेत गएका थिएनन् । त्यसको भोलिपल्ट एमाले परित्याग गरेको घोषणा गरेका उनी कुन राजनीतिक दलमा जाने भन्ने निर्णय नगरिसकेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4