११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरु भएको छ ।
महाधिवेशन स्थलबाहिर प्रज्ञा प्रतिष्ठान परिसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटआउट राखिएको छ । जहाँ माओवादी नेता कार्यकर्ताले प्रचण्डको कटआउटसँगै उभिएर तस्वीर खिचाउने गर्छन् ।
यसअघि गत असोजमा नेकपा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको विषयले चर्चा पाएको थियो । अहिले माओवादी केन्द्रको महाधिवेशनमा पनि प्रचण्डको कटआउट राखिएपछि कतिपयले कम्युनिस्ट पार्टी नीति केन्द्रित नभएर नेता केन्द्रित भएको टिप्पणी गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4