११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलको गठबन्धन कोही विरुद्ध नभएको बताएका छन् । साथै यो गठबन्धन पूरा समय (संसदको अवधिभर)चल्ने बताएका उनले त्यस अगाडि पनि जाओस् भन्ने चाहेको बताए ।
आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको गठबन्धन संविधान र संसद बचाउने भएको बताए ।
‘हाम्रो खिलाफमा गठबन्धन गर्यो भने ओलीजीहरुलाई पनि नलागोस् । कसैको खिलाफ होइन, यो संविधानका साथसाथै संसद बचाउने गठबन्धन हो’ उनले भने, ‘त्यसमानेमा यो गठबन्धन पूरा समयसम्म चल्नेछ । म त चाहन्छु अझ अगाडि पनि जाओस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4