१२ पुस, सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका-१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत फेला परेको काफ्लेले बताए ।
डीएसपी काफ्लेका अनुसार हत्याको अनुसन्धान गर्न जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4