+
+

अश्लीलता फैलाउने भिडियो पोस्ट गरेको आरोपमा युट्युबर पक्राउ

नेपाल प्रहरीको साइबर ब्‍यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो पोस्ट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:३४

१२ पुस, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन् ।

आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्‍यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए ।

मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ ।

यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?