+

भलिबल प्रशिक्षक भट्ट भन्छन् : जिम्मेवारी थपिएको छ

२०७८ पुष  १५ गते १३:३२ २०७८ पुष १५ गते १३:३२

नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताएका छन् । बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताएका हुन् ।

भलिबल प्रशिक्षक भट्ट भन्छन् : जिम्मेवारी थपिएको छ

१५ पुस, काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताएका छन् ।

बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताएका हुन् ।

उनले यसअघि जितेर आएपछि पुरस्कारको आशा गर्नुपर्ने भए पनि यसपटक आश्चर्यजनक रुपमा घोषणा भएको बताए । ‘अहिलेको खेलकुद मन्त्री कम बोल्ने धेरै काम गर्ने हुनुहुन्छ । हामीले नभनी कनै क्यास प्राइज ५-५ लाख खेलाडीलाई दिने घोषणा गर्नुभएको छ । ‘ प्रशिक्षक भट्टले भने ।

उनले आफूहरुको काम खेल्ने रहेको र त्यसका लागि वातावरण बनाइदिनुपर्ने बताए । ‘हामीले खेल्ने काम हो । खेल मैदानमा क्षमता प्रदर्शन गर्ने हो । त्यसका लागि वातावरण बनाइदिनुपर्छ ।’ भट्टले भने, ‘ खेल जित्नु मात्र ठूलो कुरा होइन भलिबललाई अझै माथि उठाउनुपर्छ।’

प्रशिक्षक भट्टले अब एकेडेमी र कभर्डहलहरु बनाउनुपर्ने र ग्रासरुटबाट खेलाडीहरु ल्याउनुपर्ने बताए । त्यसो भएमात्र आगामी ५ वर्षमा नेपालको भलिबल धेरै माथि जाने उनको विश्वास छ ।

यस्तै कप्तान अरुणा शाहीले पनि नयाँ खेलाडी कम रहेकोले गाउँबाट खेलाडी ल्याउनुपर्ने बताइन् ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले वार्षिक ३ करोड बजेट भलिबललाई दिनुपर्ने माग राख्दै त्यसपछि भलिबलले अझ धेरै मेडल ल्याउने बताए ।

च्याम्पियन टिमका खेलाडीलानई सरकारले जनही ५ लाख तथा दुई प्रशिक्षकलाई ३-३ लाख र एक अफिसियललाई २ लाख दिने घोषणा गरिसकेको छ ।

स्वागत कार्यक्रममा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हाताभित्र भलिबलको आफ्नै कभर्डहल बनाउने वाचा गरे ।

जगदिश भट्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय