+

क्रिकेटको ग्लोबल क्वालिफायरका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

२०७८ पुष  १५ गते २०:३७ २०७८ पुष १५ गते २०:३७

नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ ।

क्रिकेटको ग्लोबल क्वालिफायरका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

१५ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ ।

क्यानले बिहीबार ३० खेलाडीको नाम सार्वजनिक गर्दै छनोट समितिले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसंग सहकार्यमा ३० खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।

अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायरमा नेपाल समूह बी मा छ ।

पहिलो चरणमा छनोट भएका खेलाडीले शनिबारदेखि काठमाडौंमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणमा छनोट भएका ३० खेलाडी यी हुन्

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सन कुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय