+
+

मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन किसान बाध्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १५:१५
फाइल तस्वीर

१६ पुस, काठमाडौं । सरकारले मूल्य तोक्न नसकेपछि उखु किसानले मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन थालेका छन् । बिहीबारदेखि सञ्चालनमा आएका चिनी मिललाई कमजोर आर्थिक अवस्था भएका किसानहरुले उखु बुझाउन बाध्य भएको उखु उत्पादक महासंघले जनाएको छ ।

‘सरकारले मूल्य तोकेन, हामीले गरेको मूल्य प्रस्ताव उद्योगीले मानेनन्,’ उखु उत्पादक महासंघका अध्यक्ष कमिलमुनी मौनाली भने, ‘कमजोर आय भएका किसानले मिलहरुलाई उखु पुर्‍याइरहेका छन् ।’ मिललाई नदिँदा खेतमा उखु सुकेको र ऋण काडेर खेती गरेका किसान डराएको उनले बताए । मिलसँग उखुको मूल्य भुक्तानी लिन पनि किसानहरुले कुनै सम्झौता नगरी उखु दिन थालेको महासंघले जनाएको छ ।

धेरै किसानहरु भने मिलसँग सम्झौता गरेर मूल्य र भुक्तानीमा निश्चित हुन चाहे पनि मिलहरु नमानेको अध्यक्ष मैनालीले बताए । ‘सरकारले मूल्य नतोके पछि मिलसँग सम्झौता गरौंन त भनेर प्रस्ताव गरेका थियौं, तर उनीहरु मानेनन्’ उनले भने ।

पुस १५ गतेदेखि चलेका चिनी मिलका लागि पछि सरकारले तोके बमोजिम हुनेगरी भन्दै किसानले उखु बुझाए पनि पछि भुक्तानीका लागि उद्योगीले कुनै सिट रोल नबनाएको महासंघले जनाएको छ ।

यो वर्ष उखु क्रसिङका लागि ११ वटा मिलले तयारी थालेकोमा बिहीबारदेखि ७ वटा मिल सञ्चालनमा आएको चिनी उत्पादक महासंघले जनाएको छ । बाँकी चार वटा मिल एक दुई दिनमै सञ्चालनमा आउने महासंघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए ।

सिरहाको हिमाल चिनी मिल, महोत्तरीको एभरेष्ट चिनी मिल, सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिल, सर्लाहीकै महालक्ष्माी सुगर मिल, रौतहटको बैजनाथ चिनी मिल, बाराको रिलायन्स चिनी मिल, कैलालीको महाकाली र भागेश्वरी चिनी मिलले यो वर्ष उखु क्रसिङ गर्दैछन् ।

आर्थिक वर्ष 0७५/७६ मा ६८ हजार ५६५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो । जसमा ३४ लाख एकसय ७६ मेट्रिकटन उखु उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । त्यसपछि उखु किसान र उखुको उत्पादन तथ्यांक सरकारले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?