१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’
कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4