+
+

जमानीमा छुटे कैदी फरार प्रकरणका जेलर

सात जनाविरुद्ध मुद्धा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १३:१०

१७ पुस, दाङ । घोराही कारागारबाट कैदी फरार प्रकरणमा पक्राउ परेका जेलर युवराज परियार जिम्मा जमानीमा छुटेका छन् ।

घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हाल सो कारागारका जेलर रहेका अमर वलीले बताए ।

‘जेलर परियारविरुद्ध मुद्धा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने, ‘आवश्यक परेको बेला उपस्थित हुने गरी जिल्ला वकिल कार्यालयको निर्णय बमोजिम जिम्मा जिमानीमा छोडिएको हो ।’

कैदी यमराज परियार फरार घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका तीन प्रहरी सहित छ जनाविरुद्ध भने जिल्ला अदालतमा अभियोग दर्ता भएको वलीले बताए ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई पुस ८ गते छालाको उपचारका लागि भन्दै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए ।

त्यहीक्रममा उनीहरु अस्पताल नगई दुई महिला सहित होटलमा छिरेका थिए । प्रहरी जवान होटलको कोठाभित्र रहेका बेला चौधरीलाई बाहिरबाट ढोका बन्द गरेर परियार मोटरसाकल नै लिएर फरार भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?