१७ पुस, काठमाडौं । उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् । मार्ग शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन छ ।
पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । उधौली शुरु भएपछिको दोस्रो शनिबार आज टुँडिखेलमा साकेला नृत्य प्रदर्शन गरिएको हो ।
साकेला नाच्न आफ्नो जातीय भेषभूषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो ।
पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् । प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4