+

आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

२०७८ पुष  १७ गते २०:१४ २०७८ पुष १७ गते २०:१४
आरडब्लु विन्टर स्लाममा चट्टान च्याम्पियन

१७ पुस, काठमाडौं – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् ।

बुढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।

लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीको चुनौती पन्छाउँदै ४५ हजार रुपैयाँ जिते ।

लाइट वेट म्याचमा सिजे वर्ल्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पुरस्कार जिते । निकै प्रतिस्पर्धात्मक हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गरे । हार्डकोर च्याम्पियन किङ रोबर्टले ६० हजार प्राप्त गरे ।

जिल्ला विकास समन्वय समिति सिन्धुपाल्चोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

चट्टान रेस्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय