
१८ पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘ईएमआई फोन’ भन्ने सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत कुमारी बैंकमा तलव खाता भएका ग्राहकरुले आफूसँगै पैसा नभएपनि ईएमआईमा १५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका सामाग्रीहरु खरिद गर्न पाउँछन् ।
बैंकले एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा ग्राहकहरुको सहजताका लागि नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको बैंकका डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकार बताउँछन् । यो योजनाले बैंकका ग्राहकलाई दैनिक रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उनले बताए ।
कुमारी बैंकले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । ग्राहकले आवश्यकता भए पनि एकै पटक रकम जम्मा नहुँदा कतिपय घरायसी सामाग्री किन्न पाएका हुँदैनन् । यो सुविधाले अब ग्राहकले ढुक्कसँग २ लाख रुपैयाँसम्मको सामान खरिद गर्न सक्नेछन् ।
एफ वान सˆट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा पनि यो सुविधाले कुमारी बैंकका ग्राहकहरुको चाहाना पुरा गर्ने बताउँछन् । पैसा नभएकै कारण चाहिएको सामग्री किन्नबाट बञ्चित हुनुपर्ने बाध्यता हट्ने उनले बताए ।
एक जना बैंकरले सुनाएको कहानी सुनाउँदै सीईओ शर्माले भने, ‘उहाँले मोटरसाइकल किन्न खोज्नु भएको रहेछ, त्यतिबेला १५ हजार मोटरसाइकलको मूल्य पथ्र्यो, तर उहाँको तलब भने २४ सय रुपैयाँ मात्रै थियो ।’
रकम जम्मा गरेर उनले माटरसाइकल किन्ने योजना बनाए । उनले एक वर्ष भन्दा लामो मसय लगाएर १५ हजार रुपैयाँ जम्मा गरे । ‘उहाँले १५ हजार जम्मा त गर्नुभयो तर त्यतिबेला मोटरसाइकलको मूल्य २५ हजार पुगिसेको थियो, यसरकाण किन्न पाउनु भएन’ उनले भने, ‘यसकारण यो सुविधाले ग्राहकलाई सामान किन्न सहज बनाउँछ, १२ महिनाभित्र तिरे हुन्छ ।’
यो सुविधा अन्तर्गत कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १५ हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।
फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सो को ‘बाइ नाउ, पे लेटर’ अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकको यो योजनाका विषयमा हामीले बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकार र एफ वान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत शर्मासँग गरिएको भिडियो अन्तरक्रिया यहाँ प्रस्तुत गरिन्छ:
प्रतिक्रिया 4