+
+

हाइटीका प्रधानमन्त्रीको हत्या गर्ने असफल प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:१३

१९ पुष, काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्या गर्ने असफल प्रयास भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

बुधबार गोनाइभिस शहरमा आयोजित कार्यक्रममा हेनरीको हत्या गर्ने असफल प्रयास भएको चिनियाँ समाचार माध्यम सीजीटीएनले जनाएको छ । समाचारअनुसार हाइटी स्वतन्त्र भएको २१८ औं दिवसका अवसरमा आयोजित समारोहमा बन्दुकधारीले गोली चलाएका थिए ।

हेनरीको हत्या गर्ने प्रयास स्वरुप गोली प्रहार भएको थियो । गोली लागेर एक जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका थिए । तर उक्त घटनामा हेनरी भने सकुशल बाँच्न सफल भएको समाचारमा उल्लेख छ ।

गोली चल्नुअघि स्थानीय गिरोहले प्रधानमन्त्रीलाई गोनाइभिसमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन भन्दै चेतावनी दिएको पनि समाचारमा जनाइएको छ । प्रधानमन्त्रीको असफल हत्या प्रयासपछि हाइटीको स्वतन्त्रता दिवस मनाउन गरिएको कार्यक्रम स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?