१९ पुस, दाङ । दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।
जिल्लाको सात वटा स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत एक महिनाको अवधिमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
जिल्लाका सात वटा स्थानीय तहमा मंसिर ९ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियान आइतबार सकिएको छ ।
प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा भने मतदाता नामावली संकलन भइरहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
यसअघि तीन लाख ७७ हजार पाँचजना मतदाता रहेको मध्ये नयाँ साढे २५ हजार थपिएपछि मतदाता संख्या चार लाख तीन हजार पुगेको छ ।
प्रतिक्रिया 4