
१९ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा पुगेका छन् । सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।
उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । र्यालीमा चौधरीकी श्रीमतीसमेत छिन् ।
टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।
तस्वीरहरु : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4