+
+

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १६:४९
एकीकृत समाजवादीमा प्रदेश १ बाट उम्मेदवार चयन भएकी जयन्ती राई ।

१९ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

प्रदेश-१ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने भएकी छन् ।

पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?