२० पुस, दाङ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
मंगलबार नै सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराइसकेका छन् ।
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८१ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ जना गरी २९३ मतदाता छन् ।
प्रतिक्रिया 4