+
+

अशोकको लोक भजन ‘नारायण नारायण’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १४:३०

२१ पुस, काठमाडौं । एक दर्जनभन्दा बढी लोक तथा आधुनिक गीतमा स्वर दिएका गायक अशोक अर्यालले लोक भजन सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘नारायण नारायण’ बोलको लोक भजन उनले सार्वजनिक गरेका हुन् । भजनमा कृष्ण भाञ्जाको संगीत संयोजन छ ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना नेपाल आगमनको क्रममा यस लोक भजनको निर्माण गरेका हुन् । उनको यो पहिलो भजन गीत हो ।

स्याङजाको मालुङ्गा र पाल्पाको हुँगीमा अवस्थित कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालले गरेकी हुन् । लक्की गाइजको छायांकन रहेको भजन गीतलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । लोक भजनलाई स्रोता–दर्शकले मन पराउने विश्वास गायक अर्यालको छ ।

उनले केही दिनमै ‘मायालाई सम्झना जाले रुमाल’बोलको डान्सिङ विटको गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । यो गीत उनले गायिका अस्मिता अधिकारीसँग गाएका हुन् । भिडियोमा गायक अर्याल र अभिनेत्री केकी अधिकारीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?