२१ पुस, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षभित्र कोभिड-१९ विरुद्धको खोप खरिदमा मात्र ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ ।
चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत साउनमा ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा स्वीकृति गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि १ अर्ब १० करोड ५० लाख रुपैयाँ समेत रकमान्तर निकासा लिइएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।
मन्त्रालयलाई विनियोजना भएको भैपरि आउने बजेट शीर्षकबाट साधारण प्रशासनमा रकमान्तर गरि खोप खरिदमा यो बजेट खर्च गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4