+
+

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते २०:०९

२१ पुस, काठमाडौं । राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रिस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीनजना उम्मेदवारहरूमध्ये बस्नेतलाई मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष नियुक्त गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन, २०७२ को प्रावधान अनुसार परिषदको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ ।

उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

को हुन् बस्नेत ?

झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीति शास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । अधिवक्ता समेत रहेका बस्नेत नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशका सचिव हुन् ।

बस्नेतले विगतमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय  सचिव, प्रवक्ता र उपाध्यक्ष लगायतका जिम्मेवारी सम्हालेका थिए । बस्नेतले युवा–विद्यार्थी क्षेत्रमा दुई दशक बढी काम गरेका छन् । जनयुद्धको समयमा बस्नेतका सहोदर दाइ पुष्पराज र भाइ धीरेन्द्र राज्यद्वारा वेपत्ता पारिएका थिए ।

यसअघि परिषद उपाध्यक्षमा नेकपा एमालेका माधव ढुंगेल रहेका थिए । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि ढुंगेल हटाइएका थिए । अन्यत्र हटाइएका पदाधिकारीहरु पुनरबहालीका लागि रिट हाल्न सर्वोच्च गएपनि ढुंगेल रिट हाल्न गएका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?