+
+

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ७:५७

२२ पुस, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे ठोक्किएको थियो ।

प्रहरीका अनुसार सुरुमा मोटरसाइकलले पैदलयात्री ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिएको थियो त्यसपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको क्रेनसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर पैदलयात्री भाट घाइते छन् । उनको लालरत्न अस्पताल लम्कीमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?