+
+

सहमतिबाटै जिल्ला नेतृत्व चुन्न एमाले अध्यक्ष ओलीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १२:४८

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६३ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’

एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा अधिवेशन हुने छैन ।

गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम र रोल्पा, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिमको बझाङमा अधिवेशन हुने छैन । अन्यत्र सबै जिल्लामा एकसाथ अधिवेशन भइरहेको छ ।
जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ भने ५ पदाधिकारीमध्ये एक महिला हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?