२३ पुस, काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् ।
यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो ।
नेकपा एमालेको धेरैजसो जिल्लाको जिल्ला अधिवेशन पुस २४ गते तोकिएकाले एमालेले आफ्ना नेताहरु अधिवेशनमा सहभागी हुनुपर्ने भन्दै बैठक सार्न माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4