
२३ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी शपको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो ।
शुक्रबार समितिले बाहिरबाट मजदूर बोलाएर सो संरचना भत्काएको समिति स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काएर सकिएको छ ।
बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अनदेखा गरेर बसिरहेको थियो । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।
बताससँग कफी शप राख्ने विषयमा भएको सम्झौताबारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले तीन दिनभित्र प्रतिवेदन दिने बताइएको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4