+

बेस्ट फिफा अवार्ड अन्तिम ३ को नाम सार्वजनिक

२०७८ पुष  २४ गते ८:३४ २०७८ पुष २४ गते ८:३४
बेस्ट फिफा अवार्ड अन्तिम ३ को नाम सार्वजनिक

२४ पुस, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी,  उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची  सार्वजनिक गरेको हो ।

बेस्ट अवार्ड पुरुषतर्फ अन्तिम तीनमा २०२० का विजेता रोबर्ट लेवान्डोस्कीसहित लिओनल मेस्मी र मोहम्मद सालाह छन् ।

यस्तै बेस्ट अवार्डको लागि महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि जियानलुजी डोनारुम्मा, म्यानुएल नुएर, र इडुवार्ड मेन्डी छन् ।

त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा छन् ।

फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्नेगर्छ ।

बेस्ट फिफा अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय