+
+

एमाले कार्यकर्ताले लगाए इलाका प्रशासन बुटवलमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ९:००

२४ पुस, बुटवल । एमाले कार्यकर्ताले इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् ।

रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली संकलनको काम गरेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।

विवादपछि मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटपलगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठामा बन्द गरिएको छ ।

तालाबन्दीसँगै मतदाता नामावली भर्न आएका १५० बढी सर्वसाधारणलाई घर फर्काइएको थियो ।

शुक्रबार राति साढे १० बजेसम्म नेपाली काँग्रेसका नेताको उपस्थितिमा मतदाता नामावली संकलन गर्ने काम भएको थाहा पाएपछि तालाबन्दी गरेको एमाले बुटवलका नेता बाबुराम पन्थीले बताए ।

गृह प्रशासनको आडमा मधयरातसम्म कार्यालय खोलेर कांग्रेस निकटका नेताहरूले आˆना कार्यकताहरुलाई मतदाता नामावली भराउने काम गरेको पन्थीको आरोप छ ।

इलाका प्रशासन कार्यालयकी कर्मचारी विपना अर्यालले नियम विपरीत काम नगरिएको तर सर्वसाधारणको चाप बढी भएकाले रातिसम्म काम गर्नुपरेको बताइन् ।

तालाबन्दी र मतदाता नामावलीमा फोटो खिचाउने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?