+
+

गुल्मी प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १६:०२

२५ पुस, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षीया नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।

सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि परामर्शसँगै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले माक्स र सेनीटाइजर वितरण गरिने बताए । सहायता कक्षबाट प्रेसर, मधुमेह, ज्वरो सामान्य खालका अन्य स्वास्थ्य समस्याहरू पहिचाहन गरेर बिशेषज्ञ सेवाका लागि पठाइने व्यवस्था गरिएका उनले बताए ।

प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मदत पुग्ने अपेक्षा लिइएको छ । सहायता कक्षमा ज्वरो मापन, रुघाखोकी लागे÷नलागेको बारेमा सोधपुछ हुने र आवश्यक परामर्स गरिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?