२६ पुस, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए ।
संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरुद्ध हुनु दुर्भाग्य भएको बताए । एमालेको १०औं जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादीले नै गरेको बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4