२७ पुस, वीरगञ्ज । बाराको फेटा गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ । पृथ्वी जयन्तीको अवसरमा गाउँपालिकाले आकस्मिक बाहेक सबै सेवा बन्द गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जाकिर हुसेन अन्सारीले सोमबार नै विज्ञप्ती जारी गरी पुस २७ गते सार्वजनिक विदा दिएको जानकारी दिएका थिए । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिन पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन विदा दिइएको विज्ञप्तीमा उल्लेख छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अन्सारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाको निर्णय अनुसार पुस २७ गतेका दिन यस कार्यालय साथै मातहतका सबै वडा समितिको कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा रहेको जानकारी गराइन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4