+
+

ओमिक्रोन भेरियन्टबाट दुई महिनाभित्र युरोपको आधा जनसंख्या संक्रमित हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १७:४८
फाइल फोटो

२७ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दुई महिनाभित्र कोभिड-१९ को नयाँ भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान गरेको छ ।

मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले ६ देखि ८ हप्ताको अवधिमा युरोपको आधाभन्दा बढी जनसंख्या ओमिक्रोन भेरियन्टबाट संक्रमित हुन सक्ने बताएका हुन् ।

‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनले यही दर कायम रहे आगामी ६ देखि ८ हप्ताभित्र ओमिक्रोनबाट यो क्षेत्र (युरोप) को ५० प्रतिशतभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान गरेको छ’, मिडिया ब्रिफिङमा बोल्दै क्लुगेले भने ।

युरोपमा यो वर्षको पहिलो हप्तामा ७० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको पनि क्लुगेले जानकारी दिए । दुई हप्ताको अवधिमा संक्रमितको संख्या दोब्बरले बढेको पनि उनको भनाइ थियो ।

यसअघिका भेरियन्टभन्दा ओमिक्रोन तीव्र एवं व्यापक बनिरहेको भन्दै अनिवार्य मास्क लगाउनुपर्ने र  खोप लगाउने कार्यलाई प्राथमिकतामा राख्नसमेत क्लुगेले युरोपेली मुलुकलाई अपिल गरेका छन् । खोप लगाउनेको संख्या न्यून रहेका मुलुकमा ओमिक्रोन निकै तीव्र गतिले फैलिन सक्ने पनि उनको भनाइ थियो ।

डब्ल्यूएचओका अनुसार पछिल्लो समय युरोपका २६ मुलुकमा हरेक हप्ता १ प्रतिशतभन्दा बढी जनसंख्या कोभिड-१९ बाट संक्रमित हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?