+
+

साना तथा मझौला उद्योगलाई उत्पादनको बौद्धिक सम्पत्ति दर्ता गर्न उद्योग मन्त्रालयको आह्वान 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:०५

२७ पुस, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु तथा साना तथा मझौला उद्योगको बौद्धिक सम्पत्ति दर्ताका लागि सहयोग गर्ने भएको छ ।

आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ताका लागि १५ दिन भित्र सम्पर्क गर्न त्यस्ता उद्योगहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।

पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार त्यस्ता उद्योगको बौद्धिक सम्मपत्ति दर्ता गर्न मन्त्रालयले सहजीकरण तथा सहयोग उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

आवेदन दिएका मध्ये यो आर्थिक वर्ष २० वटालाई छनोट गरेर यस्तो सुविधा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?