+
+

क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १८:०७

२८ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि पुँजी ५६ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न बढाइएको पूँजी प्रयोग गर्नेछ ।

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आर्थिक बर्ष २०७७/७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले बृद्धी भएको जनाएको छ । त्यसैगरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढि हो ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ सञ्चालक चयन भएका हुन्। सञ्चालक समितिमा ६ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?