+
+

तारुकामा हुने ‘बुलफाइट’ मेला स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १७:२०
फाइल तस्वीर

२९ पुस, काठमाडौं । सरकारले जारी गरेको कोभिड-१९ विरुद्धको प्रोटोकलका कारण ‘बुलफाइट’ मेला स्थगित भएको छ । माघे सक्रान्ती गोरु जुधाइ संरक्षण संस्थाले बिहीबार एक विज्ञप्तl जारी गर्दै प्रोटोकलका कारण मेला स्थगित भएको जानकारी गराएको हो । हरेक वर्ष नुवाकोटको तारकेश्वर गाउँपालिका तारुकामा गोरु जुधाइ मेला हुने गर्छ ।

पछिल्लो समय गोरु जुधाइ मेलालाई व्यवसायिक रुप दिइएको थियो । जसले गर्दा संघीय राजधानी काठमाडौंबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटक यो मेलामा रमाउन पुग्ने गर्थे ।

जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको २७ पुसको निर्णय अनुसार कुनै पनि मेला, पर्व, जात्रा, सभा सम्मेलन, जुलुस, तालीम/गोष्ठीमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुन नपाइने उल्लेख छ । सोही अनुसार संस्थाले यो वर्षको मेला स्थगित गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?