३० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।
पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या भने ६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4