३० पुस, बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ ।
शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4