+
+

रेल्वेमा कर्मचारी भर्नाविरुद्ध आन्दोलन गर्न मन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १५:१४

२ माघ, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् । लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभावी गरेको उनको दाबी छ ।

केन्द्र सरकारले नेकपा एकीकृत समाजवादी सम्वद्ध निरन्जन झालाई रेल्वे कम्पनीकाे महाप्रबन्धक बनाएको थियो । झा नेतृत्वको रेल्वे कम्पनीले जयनकपुर–जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ६० जना कर्मचारीलाई नियुक्त गरेको छ ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?