+
+

हवाई यात्रामा फेरि फेससिल्ड अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १८:५२
फाइल तस्वीर

२ माघ, काठमाडौं ।  हवाई यात्रा गर्दा यात्रुले फेरि अनिवार्य रुपमा फेससिल्ड लगाउनु पर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो ।

हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ ।

वायुसेवा कम्पनीले हरेक उडानपछि हवाई जहाज र ब्यागेजलाई निसंक्रमित गराउनु पर्ने समेत निर्णयमा उल्लेख छ । चेकइन, बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने निर्णय समेत भएको छ ।

सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेट परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा मात्र यात्रा गराउने निर्णय समेत सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?