३ माघ, जनकपुरधाम । महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद ३० लाखसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने २३ वर्षीय मो. सहाउद्दिन छन् ।
ज ६ प ६९४४ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मटिहानी नगरपालिका ८ मा चेकजाँच गर्दा रकम बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
सहाउद्दिनले पछाडि पिठ्यूँमा बोकेको कालो रंगको झोला भित्र राखेको हजार रुपैयाँको २८ बण्डल र ज्याकेटको खल्तीमा राखेको २ लाख नेपाली रुपैयाँ गरी कुल नेपाली रुपैयाँ ३० लाख बरामद भएको प्रहरीले जनाएको छ ।
रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4