+
+

पाँच दलको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिवलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १९:३२

४ माघ, काठमाडौं । सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

बैठकमा सहभागी महासचिव भुसाललाई पटक पटक खोकी लागेपछि उपमहासचिव गंगालाल तुलाधरले तत्काल कोरोना परीक्षण गराउन सुझाएका थिए ।

परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?