+
+

भाइरल तस्वीरको वास्तविकता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १३:२६

५ माघ, पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको महिलाको तस्वीर पोष्ट गर्दै लेख्यो, ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

कोरोना महामारीविरुद्ध खोप अभियान चलिरहेका बेला खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको तस्वीर प्रदेश स्वास्थ्य निर्देशनालयकै आधिकारिक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल छ । तस्वीरबारे प्रतिक्रिया आउन थालेपछि निर्देशनालयले तस्वीरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बाग्लुङमा कार्यरत रहेको सूचना थपेको छ ।

‘भाइरल’ तस्वीरको भित्री कथा भने अर्कै छ । निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको यो तस्वीर ३ वर्ष अगाडिको हो । केसी रणसिंहकिटेनी हेल्थपोस्टमा कार्यरत छैनन् ।

उनले हेल्थटुलमा बोकेको कोभिड भ्याक्सिन नभई रेगुलर इम्युनाइजेसन भ्याक्सिन हो । ‘त्यो सामान बोकेको मै हुँ । तर, फोटो अहिलेको होइन,’ अनमी प्रेमकुमारी केसीले अनलाइनखबरसँग भनिन्, ‘त्यो फोटो कोरोना महामारी नआउँदैको हो ।’

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्वीर केसीकी सहकर्मी निशा पुनले खिचेकी हुन् । ‘निशा पुन हेल्थपोस्टको इन्चार्ज हुनुहुन्थ्यो । उहाँसँगै गाउँमा भ्याक्सिन लैजाँदा खिचिदिनु भएको थियो,’ उनले सम्भिmइन्, ‘त्यतिबेला २ जनामात्रै थियौं । हिउँको चिसोमा एकदमै गाह्रो भएको थियो ।’

बागलुङको बडीगाड गाउँपालिका ८ देखि दुर्गम भेग नेपाने गाउँमा भ्याक्सिन लैजाँदाको तस्वीर भएको उनले खुलाइन् । ‘हाम्रो हेल्थपोस्टदेखि ५ घन्टाको बाटो हिँडेर त्यहाँ पुग्नुपथ्र्यो । बिहान ६ बजे निस्केर साँझ ८ बजेमात्रै रुममा फर्किन्थ्यौं,’ उनले भनिन् । रणसिंहकिटेनीमा हिउँदको बेला अहिले पनि स्वास्थ्यकर्मी त्यसरी नै स्वास्थ्य सामग्री लैजाने गरेको केसी सुनाइन् ।

अहिले उनी बागलुङकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन् ।

स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न राखेका हौं : निर्देशनालय

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त फोटो स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न पोस्टिएको स्पष्टिकरण दिएको छ ।

निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बडिगाड हेल्थपोस्टै आग्रहमा आफूहरुले फोटो राखेको सुनाए । ३ वर्षअघिको पुरानो फोटो अहिले पोस्ट गर्दा त भ्रम सिर्जना भयो नि ? भन्ने प्रश्नमा संयोजक शर्मा भन्छन्, ‘बडिगाडले स्वास्थ्यकर्मीलाई उत्प्रेरित गरिदिनुस भनेर आग्रह गरेपछि राखेका हौं । अहिलेको फोटो त होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?