+
+

६ महिनामा वीरगञ्ज महानगरको आन्तरिक आय ३१ करोड

वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्ष ०७८-७९ को ६ महिनामा ३१ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । महानगरपालिकाले ०७८ साउनदेखि पुससम्म विभिन्न शिषर्कमा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १७:०५

६ माघ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्ष ०७८-७९ को ६ महिनामा ३१ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । महानगरपालिकाले ०७८ साउनदेखि पुससम्म विभिन्न शिषर्कमा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको हो ।

महानगरले गत आर्थिक वर्ष ०७७-०७८ को ६ महिनामा भन्दा ९ करोड ४ लाख ८ हजार ९ सय ४१ रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको छ । गत आवको ६ महिनामा महानगरपालिकाले २२ करोड ३८ लाख ९० हजार २ सय ६४ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

महानगरपालिकाको राजश्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सम्पत्ति कर ९ करोड ५६ लाख २८ हजार ५ सय २६ रुपैयाँ ०९ पैसा, भूमिकर÷मालपोत ५९ लाख ३२ हजार ७ सय ८५ रुपैयाँ ८७ पैसा, घर जग्गा रजिष्ट्रेशन ६ करोड ८६ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ ३० पैसा, घर बहाल कर ३ करोड ३४ लाख ४६ हजार ४ सय १ रुपैयाँ ६२ पैसा, बहाल बिटौरी कर ९ लाख ४७ हजार ६ सय ११ रुपैयाँ १६ पैसा संकलन गरेको छ ।

सवारी साधनमा लाग्ने कर (साना) ३ लाख ५ हजार ७ सय १० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर १ करोड ५० लाख ९ सय, विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपैयाँ अन्य मनोरञ्जन कर १ लाख ३८ हजार ८ सय ७९ पैसा, व्यवसाय रजिष्ट्रेशन दस्तुर १ करोड ९ लाख ९२ हजार ३ सय ७०, अखेटोपहारमा लाग्ने कर १ करोड १२ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ ९६ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ८८ लाख ८८ हजार ६ सय ४० रुपैयाँ १३ पैसा, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने कर ७१ लाख ६ सय ६३ रुपैयाँ ७० पैसा प्राप्त भएको छ ।

विद्युत सेवा शुल्क १ सय ८५ रुपैयाँ, अन्य सेवा शुल्क १ करोड ३८ लाख ६८ हजार १ सय ८ रुपैयाँ ४८ पैसा, न्यायिक दस्तुर ९ हजार ७ सय १५, परीक्षा शुल्क ४ लाख १७ हजार ३ सय ८० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क ३ लाख ४ हजार ९ सय ७०, नक्सा पास दस्तुर २ करोड ७० लाख ९ हजार ३ सय ७३ रुपैयाँ ११ पैसा, सिफारिश दस्तुर ७९ लाख ९६ हजार ६ सय ७१ रुपैयाँ ७५ पैसा, व्यक्तिगत घटना दर्ता दस्तुर ११ लाख ८७ हजार १ सय ५३ रुपैयाँ, नाता प्रमाणित दस्तुर ५ लाख ८८ हजार ३ सय ३० रुपैयाँ ८६ पैसा, अन्य दस्तुर २३ हजार ५ सय ५०, प्रशासनिक दण्ड जरिवाना वापत १२ लाख ५७ हजार ५ सय ४० रुपैयाँ ९३ पैसा र बेरुजु ५३ हजार ५ सय रुपैयाँ असुल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाले पुस मसान्तसम्म कर तिर्दा विभिन्न छुट सुविधा पनि दिएको थियो । महानगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्म भूमि एवं सम्पत्तिकर तथा व्यवसायिक करमा १० प्रतिशत, उद्योग, सपिङ मल, अस्पताल र स्कुलहरुलाई लाग्ने सम्पति करमा ५० प्रतिशत छुट गरेको थियो । भूमि एवं सम्पत्तिकरमा अब चैत मसान्तसम्म ५ प्रतिशत छुट सुविधा मिल्ने महानगरले जनाएको छ ।

‘छुट सुविधा दिँदा पनि नगरबासी उत्साहित भएर कर तिर्न आईरहेका छैनन, चिसोले हो कि के हो ? केहि दिन यता कर संकलन न्युन छ ।’ अधिकृत प्रधानले भने ‘ चिसो हटेपछि कर तिर्न बाँकी ठूला करदातालााई ताकेता गर्ने लगायतक कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं ।’

चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए।

‘६० प्रतिशत नागरिक कर तिर्न आउँदैनन, ४० प्रतिशतले तिरेका करको भरमा महानगरपालिका चलाउनुपर्छ ।’ नगर प्रमुख सरावगीले भने ‘ नगरको विकासका लागि स्रोत भनेको नागरिकले तिरेको कर हो, नगरको समृद्धिका लागि पनि नगरबासीले तोकिएको कर तिर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?