+
+

समीक्षाले भनिन्- अब समय आउँदैछ, यथार्थ खुलाउनेछु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १८:०२

६ माघ, काठमाडौं । गायनमार्फत स्रोता-दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस कोरेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस कोरिन् ।

समीक्षाले बिहीबार फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी छिन् । जहाँ उनले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेको स्पष्ट हुन्छ । समीक्षाको नाम केही महिनायता पलसँग जोडिँदै आएको छ ।

यसअघि पलसँग जोडिएर गसिपहरु आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।

तर, बिहीबार समीक्षाले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ समीक्षाको यो स्टाटससँगै पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको संकेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?